PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

साढे २ घन्टापछि खुल्यो एयरपोर्ट, किन भएथ्यो बन्द?



पहिलोपोस्ट

साढे २ घन्टापछि खुल्यो एयरपोर्ट, किन भएथ्यो बन्द?
फाइल फोटो

काठमाडौं : साढे दुई घण्टा उडान अवतरण अवरुद्ध भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बल्ल खुलेको छ।

भिजिविलिटी हेर्ने मेसिन बिग्रिएपछि सम्पूर्ण उडान अवतरण बन्द गरिएको थियो। बिहान १० बजेदेखि साढे १२ बजेसम्म विमानस्थल बन्द गरिएको थियो।

बन्दका कारण अन्तर्राष्ट्रिय उडानहरु कतिपय होल्ड भएका थिए भने कतिपय अर्कै गन्तब्यमा 'डाइभर्ट' भएका थिए। 'डोमेस्टिक' उडानहरु पनि बन्द भएका थिए।

'बिहान मेसिनमा समस्या आएकाले उडान अवतरण बन्द गरिएको थियो,' विमानस्थलका प्रवक्ता प्रकाशबाबु तिवारीले भने, 'अहिले सुरु भएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell