PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

किन भयो भारतमा इ सिगरेट प्रतिबन्धित? यस्तो चुरोट पिउनेलाई ५ लाखसम्मको जरिवाना र ३ वर्षसम्मको जेल



पहिलोपोस्ट

किन भयो भारतमा इ सिगरेट प्रतिबन्धित? यस्तो चुरोट पिउनेलाई ५ लाखसम्मको जरिवाना र ३ वर्षसम्मको जेल

नयाँ दिल्ली : बिहीवार भारत सरकारले विद्युतीय चुरोट (इ-सिगरेट)को उत्पादन, आयात, निर्यात, बिक्री तथा ओसारपसारमा नियन्त्रण लगाएको छ। साथै यसको विज्ञापनमा पनि निषेध लगाएको छ।

नयाँ नियम पालन नगर्नेले पहिलो पटक एक वर्षसम्मको कैद वा १ लाख रुपैयाँ या दुवै बेहोर्नपर्ने गरी कानुनी व्यवस्था लागू गरेको हो। दोहर्‍याएर यस्तो गल्ती गरेमा ३ वर्षसम्मको जेल र ५ लाख रुपैयाँसम्मको जरिवाना तय गरिएको छ।

भारत इ सिगरेटप्रति किन यति धेरै नेगेटिभ भयो त?

इ सिगरेट पिउनुमाथि प्रतिबन्ध किन लाग्यो भन्ने चासो हुनु स्वभाविक हो। यसको मुख्य कारण भनेको अमेरिकामा भएको ६ जनाको मृत्यु हो जसको मुख्य कारण इ सिगरेटको धुँवा लिनुलाई मानिएको छ। यद्यपि, इ सिगरेटको विषयमा विज्ञहरुको राय भने बाझिँदै आएको छ। अध्ययनहरुले कुनै कुनै ब्रान्डमा निकोटिनको मात्र बढी देखिएको छ। साथै किशोरावस्थाका मानिसमा यसको नकारात्मक प्रभाव बढी देखिएको छ।

सन् २००० को अन्त्यदेखि अमेरिकामा इ सिगरेट लोकप्रिय भएको हो। यसको बिक्री वितरण पूर्व स्वास्थ्यमा यसले पार्ने असरमाथि अध्ययन गरिएको थिएन। भारतमा भने यो पछिल्लो दुई वर्षयता निक्कै लोकप्रिय रहँदै आएको छ। यो चुरोटको बजार संसारभर १८ खर्ब ३० अर्ब डलरको रहेको अनुमान गरिएको छ। पछिल्लो पाँच वर्षमा यसको बजार तीन गुनाले बढेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell