PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

आइफामा आलिया भट्टलाई बेस्ट एक्ट्रेस र रणवीर सिंहलाई बेस्ट एक्टर अवार्ड



पहिलोपोस्ट

आइफामा आलिया भट्टलाई बेस्ट एक्ट्रेस र रणवीर सिंहलाई बेस्ट एक्टर अवार्ड

काठमाडौं : केही समयअघि नेपालमा नै आयोजना गरिने भनिएको इन्टरनेशनल इन्डियन फिल्म एकेडमी अवार्ड (आइफा) चर्को विरोधपश्चात् भारतमा आयोजना गरिएको छ। आइफाको २० ‍औं संस्करण बुधवार राति भारतमा सम्पन्न भएको छ।

यो वर्षको आइफा अवार्डमा फिल्म 'राजी' बाट आलिया भट्टले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् भने रणवीर सिंहले पनि फिल्म 'पदमावत' बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्।

सह-अभिनेताको अवार्ड विकी कौशलले पाएका छन्। उनले फिल्म 'सञ्जु'बाट सह-अभिनेताको अवार्ड जितेका हुन्। त्यस्तै सह-अभिनेत्रीको अवार्ड अदिति राव हैदरीले जितेकी छिन्। अदितिले फिल्म 'पदमावत'बाट उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड जितेकी छिन्।

डेब्यु फिल्म 'केदारनाथ'बाट चर्चामा आएकी सारा अली खानले पनि सोही फिल्मबाट उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड पाएकी छिन्। इशान खट्टरले भने फिल्म 'धडक'बाट उत्कृष्ट डेब्यु अभिनेताको अवार्ड जितेका छन्।

उक्त अवार्ड समारोहमा रेखा, राकेश रोशन, माधुरी दीक्षित, रणवीर कपुर, सलमान खान, शाहरुख खान, शाहीद कपुर, जाह्नवी कपुरलगायत बलिउड कलाकारहरुको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell