PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

प्रधानमन्त्री ओलीले आज संसदमा नबोल्ने, शुक्रवार भने देशवासीका नाममा सम्बोधन



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीले आज संसदमा नबोल्ने, शुक्रवार भने देशवासीका नाममा सम्बोधन
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदमा सम्बोधन नगर्ने भएका छन्। प्रधानमन्त्री ओलीले बिहीवार प्रतिनिधिसभा र राष्ट्रियसभामा सम्बोधन गर्ने र सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम थियो।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीले शुक्रवार संविधान दिवसका दिनमा नै सम्बोधन गर्ने बताए। प्रेस सल्लाहकार अर्यालले भने, 'प्रधानमन्त्रीले आज बोल्ने कार्यक्रम छैन। भोलि संविधान दिवसकै दिन बोल्नुहुन्छ।'

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा शुक्रवार प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि आज संघीय संसदका दुवै सदनमा सम्बोधन नगर्ने भएका हुन्। प्रधानमन्त्री ओलीले आज दिउँसो २:३० बजे संघीय संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell