PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हिजोभन्दा आज सुन ६ सय सस्तो



रासस

हिजोभन्दा आज सुन ६ सय सस्तो

काठमाडौं : भदौ अन्तिम सातादेखि लगातार ओरालो लाग्न थालेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले घटेको हो। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ।

स्थानीय बजारमा छापावाला सुनको मूल्य रु ७० हजार ७०० निर्धारण गरिएको महासङ्घले जनाएको छ। बुधबार छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० मा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य रु ७० हजार ४०० कायम गरिएको छ। बुधबार तेजाबी सुन प्रतितोला रु ७१ हजारमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य पनि घटेर प्रतितोला रु ८५५ पुगेको छ।
साउनको पहिलो सातादेखि उकालो लाग्न थालेको सुन भदौ अन्तिम सातासम्म पनि घट्न सकेको थिएन। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔस एक हजार ४९६.५ अमेरिकी डलरमा झरेको छ। यसअघि विश्वबजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५४० अमेरिकी डलरसम्म पुगेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell