PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

बाबुराम भट्टराईको चेतावनी : संविधान संशोधन नभए ठूलो दुर्घटना हुन सक्छ



पहिलोपोस्ट

बाबुराम भट्टराईको चेतावनी : संविधान संशोधन नभए ठूलो दुर्घटना हुन सक्छ

काठमाडौं : समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराईले संविधान संशोधनको विकल्प नरहेको दाबी गर्दै नभए ठूलो दुर्घटना हुन सक्ने चेतावनी दिएका छन्। बजेट अधिवेशनको अन्त्यमा आज संघीय संसदलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले उक्त चेतावनी दिएका हुन्।

संविधान राम्रो भए पनि यसमा त्रुटि रहेको उनको दाबी थियो। 'नेपाली जनताले आफैले संविधान बनाउनु राम्रो हो। विस्तृत विवरण अरु देशमा भन्दा बढी छ,' बाबुरामले भने, 'हामीले संविधानमा त्रुटि गरेका छौँ। हामी चुकेका छौँ। हामीले गल्ती गरिरहेका छौँ। सबैको स्वमित्व लिन सकेन भने जनताको असन्तुष्ति बढेर ठुलो दुर्घटना हुन सक्छ।'

सरकार संविधान दिवस मनाउन जनतालाई पञ्चायती शैलीमा उत्रेको उनको आरोप थियो। भट्टराईले भने, 'पुरानै पञ्चायती शैलीमा संविधान दिवस मनाउनुपर्ने भन्दै फरमान जारी गरिरहेका छौँ। भने कोहीले च्यातिरहेका छन्। यो दुबै अतिवादी हुन्। सत्य यो कालो पनि हैन सेतो पनि हैन। सत्य खैरो हुन्छ। चार वर्ष बित्दा पनि संविधान संशोधन गर्ने प्रतिबद्धता भए पनि काम हुन सकेन।'
 
डा बाबुरामले असन्तुष्टिले नै विकास हुने उल्लेख गरे। भने, 'असन्तुष्टि नै विकासको जननी हो। राम्रो भइसक्यो भनेर बस्यो भने विकास हुँदैन। देश विकास र संविधानमा हाम्रो त्रुटि के भए? आलोचनात्मक चेतले हेरेनौँ हामीले। यसबारे ध्यानाकर्षण गर्न चाहन्छु।'

उनले अहिलेको मुल मुद्दा संविधान संशोधन नै भएको दाबी गर्दै भने, 'संविधान संशोधनको मुद्दा नभुलौँ। पहिचान र राज्य पुनर्संरचनाका आधारमा हामी जान नसकेकाले हामी अर्कै ढाँचामा गयौँ। यसले कुनै बेला बिस्फोटक भएर आउन सक्ने खतरा छ।'

प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै समस्याको समाधान भएको उनको जोड थियो।  'जुन शासकीय स्वरुप र निर्वाचन प्रणाली अन्तरविरोधपूर्ण छ। नेपालको विविधतालाई सुहाउँदो गरी हाम्रो निर्वाचन प्रणाली सुधार्नैपर्छ। पूर्ण समानुपातिक संसद र पूर्ण निर्वाचित राष्ट्रपतीय प्रणालीमा नगएसम्म यो समस्या आउँछ। यस विषयमा संविधान संशोधन गर्नैपर्छ,' बाबुरामले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell