PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

एक रुपैयाँ घुस खाएको भए बर्दी फुकालेर हिड्दिन्छु : एसएसपी राई



पहिलोपोस्ट

एक रुपैयाँ घुस खाएको भए बर्दी फुकालेर हिड्दिन्छु : एसएसपी राई

काठमाडौं : महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले आफूले एक रुपैयाँ घुस खाएको भेटिए बर्दी खोलेर हिड्ने दावी गरेका छन्।

केही साताअघि मात्र परिसर ललितपुरको जिम्मेवारी सम्हालेका एसएसपी राईले बिहिवार पत्रकार साक्षात्कार गर्दै प्रहरी सेवा भएकाले घुस खानु गैरकानुनी भएको बताए। आफूले एक रुपैयाँ घुस खाएको प्रमाणित भए बर्दी खोलेर जाने उनले बताए।

'प्रहरी सेवा हो। दिले गरे मन्दीर, मस्जित पनि यही हो। २४ वर्षको सेवा अवधिमा मैले एक पैसा खाएको भए बर्दि फूकालेर हिड्दिन्छु', एसएसपी राइले भने।

लामो समय नेपाल प्रहरीको विषेश ब्युरोमा रहेर काम गरेका एसएसपी राईले प्रहरीको समस्या देख्दा देख्दै पनि भर्ना हुन आएकाले अहिले प्रहरीले धुलो, हिलो, रातदिन काम गर्नुपरेको बताए। पुलिसको फ्रस्टेसन पव्लिकलाई पोख्न नहुदे समेत उनले बताएका छन्।

'प्रहरीको दुख देख्दा देख्दै जागिर खाएको हो। कसैले जबर्जस्ती गरेको होइन। नाराजुलुसमा प्रहरीलाई चोर पुलिस डन्डे भन्छन् तर प्रहरीले आफ्नो फ्रस्टेसन पब्लिकमा पोख्नु हुँदैन', एसएसपी राईले भने।

एसएसपी राईले आफ्नो कार्यकालमा ललितपुरको अपराधिक गतिविधि न्युन पार्ने समेत दावि गरेका छन्। प्रहरीबाट हुने अवैध गतिविधि समेत नियन्त्रण गर्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell