PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मेलम्चीको रोकिएको काम गर्न चिनियाँ कम्पनी नेपालमा, आइतबार सम्झौता हुँदै



पहिलोपोस्ट

मेलम्चीको रोकिएको काम गर्न चिनियाँ कम्पनी नेपालमा, आइतबार सम्झौता हुँदै

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोसँग अर्को साता सम्झौंता हुने भएको छ।

आयोजनाको मूल्यांकन समितिले चिनियाँ कम्पनीलाई उत्कृष्ट ठहर गर्दै सम्झौता गर्न आउन पत्र पठाएको थियो। कम्पनीका प्रतिनिधिहरु बैक ग्यारेण्टी सहित काठमाडौंमा आइसकेकोले आइतबार सम्झौंता गर्न लागिएको छ।

आयोजनाले बिहीवार नै बैक ग्यारेण्टी भेरिफिकेशनका लागि पत्र पठाएको सिनियर डिभिजनल इन्जिनियर (सिडिई) राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार बैक ग्यारेण्टी सहितका प्रक्रिया सकेर सम्झौंता गर्न लागिएको छ। चिनियाँ कम्पनीले सुरुङमार्ग फिनिसिङ र हेडवर्क्स निर्माणको जिम्मा पाएको छ।

आयोजनाका अनुसार निर्माण कम्पनीले एक महिनाभित्र काम सुरु गर्नुपर्नेछ। कम्पनी तामाकोशी हाइड्रोपावरको सिभिल इन्जिनियरिङको काम सकेर बसेको छ। इक्विपमेन्ट र कामदार समेत तयार अवस्थामा रहेकाले छिट्टै काम सुरु हुने आयोजनाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell