PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

युरोपा लिग: म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित, आर्सनलले फ्रान्कफर्टलाई हरायो



पहिलोपोस्ट

युरोपा लिग: म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित, आर्सनलले फ्रान्कफर्टलाई हरायो

गएराति भएको युरोपा लिगको खेलमा आर्सनलले फ्रान्कफर्टमाथि सहज जित निकालेको छ। आर्सनलका लागि खेलको ३८ औं मिनेटमा विललकले गोलको खाता खोलेका थिए। पहिलो हाफमा १ गोलले अघि रहेको आर्सनल दोस्रो हाफमा २ गोल थप्न सफल रह्यो।

खेलको ८५ औं मिनेटमा साकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाएका थिए। त्यस्तै औबामेयाङले त्यसको २ मिनेटमै अर्को गोल थप्दा खेल आर्सनललले ३–० ले जित्न सफल रह्यो।

म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित
घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले आस्तना माथि १–० को संघर्षपूर्ण जित निकालेको छ।

समूह आइको खेलमा  म्यानचेस्टर युनाइटेडका लागि खेलको ७३ औं मिनेटमा ग्रीनउडले गोल गरेका थिए। १७ वर्षीय युवा खेलाडी म्यासन ग्रीनउडकाे याे गाेलसँग युनाइटेडका लागि गाेलगर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell