PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

अछामको कमलबजार नगरपालिकामा बम विस्फोट



पहिलोपोस्ट

अछामको कमलबजार नगरपालिकामा बम विस्फोट

अछामः नेत्रविक्रम चन्द विप्लव समूहले गएराति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ। राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।

विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए। तार जोडेर करिब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ। प्रहरीले विस्फोट गराउने समूहको खोजी गरिरहेको छ। नगरपालिका कार्यालयको ढोका नजिक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले बताए।

यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउदलाई लक्षित गरी उनको निवासमै अज्ञात समूहले गोली प्रहार गरेको थियो। नगरपालिका कार्यालयमै बम विस्फोट भएपछि कर्मचारी त्रसित बनेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell