PahiloPost

Oct 23, 2019 | ६ कात्तिक २०७६


दशैँमा मालवाहक गाडी राति मात्रै चल्न पाउने, नौबिसे–नागढुङ्गा सडकमा ‘नो ओभरटेक जोन’



पहिलोपोस्ट

दशैँमा मालवाहक गाडी राति मात्रै चल्न पाउने, नौबिसे–नागढुङ्गा सडकमा ‘नो ओभरटेक जोन’

काठमाडौँः दशैँको बेला हुने सवारी जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउने सहमति भएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार धुनीबेँसी नगरपालिकास्थित मछिन्द्र बहुमुखी क्याम्पसमा आयोजना गरेको सडक सुरक्षासम्बन्धी कार्यक्रममा उक्त सहमति भएको हो।

सडक जाम कम गराई यात्रुलाई छिटो गन्तव्यमा पुग्ने अवस्था सिर्जना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए। त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडक खण्ड १२ किलोमिटरलाई ग्यास बुलेट, लामा भारी सामान बोकेका गाडी र टिप्परलाई राति नौ बजेपछि मात्र खानीखोलाबाट काठमाडौँ जान दिने योजना बनाइएको छ। उक्त सडकमा एक हजारभन्दा बढी टिप्पर सञ्चालन हुँदै आएका छन्। जाम कम गराउन खानीखोलाबाट दिउँसोको समयमा टिप्परको प्रवेशमा रोक लगाइने भएको छ।

बाटो साँघुरो भएकाले नौबिसे–नागढुङ्गा सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको छ। ट्राफिक प्रहरी परिचालन गरी सडक खुला गरिने प्रजिअ तामाङले बताए। उक्त क्षेत्रमा गत वर्ष मर्मत गरिएको सडक पूरै भत्किएको छ। साँघुरो सडकलाई तत्काल चौडा बनाउन नसकिए पनि जाममुक्त बनाउन सकिने धुनीबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य बताउँछन्।

कार्यक्रममा देवीदत्त गणका प्रमुख सेनानी सुदीप बानियाँ, प्रहरी उपरीक्षक राजकुमार बैदवार, प्रहरी उपरीक्षक प्रकाश रानाभाट, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक मकुन्द मरहठ्ठालगायत उपस्थित थिए। रासस



दशैँमा मालवाहक गाडी राति मात्रै चल्न पाउने, नौबिसे–नागढुङ्गा सडकमा ‘नो ओभरटेक जोन’ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell