PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

तस्विरमा हेर्नुस् टुँडिखेलमा मनाइएको संविधान दिवसको उल्लास

तस्विरमा हेर्नुस् टुँडिखेलमा मनाइएको संविधान दिवसको उल्लास

प्रवीण रानाभाट/पहिलोपोस्ट


संविधान दिवसको अवसरमा आज देशभरी विविध कार्यक्रमहरु आयोजना गरिँदैछ। यसैबीच आज बिहान सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मुल समारोह समितिले संविधान दिवसको उपल्क्षयमा कार्यक्रम आयोजना गर्‍यो।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका लगायत स्थानीय तह र विभिन्न संघसंस्थानले झाँकी प्रदर्शन गरेका थिए।

कार्यक्रममा सातै प्रदेशको जीवनशैली झल्कने प्रस्तुती प्रदर्शन गरिएको थियो।

प्रमुख अतिथिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली,  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, संवैधानिक निकायका प्रमुख, मन्त्रीहरु र विदेशी कुटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति थियो।



ट्रेन्डिङ पोस्ट

Ncell