PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

विश्वकर्माको मूर्ति सेलाउने क्रममा बेपत्ता भएका युवक मृत फेला



रासस

विश्वकर्माको मूर्ति सेलाउने क्रममा बेपत्ता भएका युवक मृत फेला
फोटो : गुगल म्याप।

राजविराज : विश्वकर्माको मूर्ति सेलाउने क्रममा बेपत्ता भएका एक युवक आज मृत फेला परेका छन्। सप्तरीको विष्णुपुर गाउँपालिका–७ स्थित कोशी पश्चिमी नहरमा मूर्ति सेलाउने क्रममा २२ वर्षीय मनिष कुमार यादव बेपत्ता भएका थिए।

नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दासमेतको सहयोगमा मनिषको शव आज फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सिरहा जिल्लाको सुखीपुर नगरपालिका–२ निवासी यादव राजविराज नगरपालिका–६ स्थित छिन्नमस्ता डेरी उद्योगमा काम गर्दैआएको प्रहरीको भनाइ छ। सोही डेरीमा बनाइएको विश्वकर्माको मूर्ति पूजाआजापश्चात् सेलाउने क्रममा उनी बिहीबार साँझ बेपत्ता भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell