PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

लागुऔषध बिक्री गरेको आरोपमा क्लिनिकका सञ्चालक पक्राउ



रासस

लागुऔषध बिक्री गरेको आरोपमा क्लिनिकका सञ्चालक पक्राउ

धनगढी : कैलालीको लम्की चुहा नगरपालिकामा लागुऔषध र प्रतिबन्धित औषधि बिक्री गरेको अभियोगमा स्थानीय एक स्वास्थ्य क्लिनिकका सञ्चालक आज पक्राउ परेका छन्।

लम्की चुहा नगरपालिका–४ स्थित लक्ष्मी स्वास्थ्य क्लिनिकमा लागुऔषध बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले क्लिनिकका सञ्चालक मेसक कुमार चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए। प्रहरीले उक्त क्लिनिकबाट ठूलो परिमाणमा लागुऔषध तथा प्रतिबन्धित औषधि बरामद गरेको छ।

नेपाल–भारतबीचको खुला सीमाको फाइदा उठाउने व्यक्ति/समूहले लागुऔषध जिल्लामा भित्र्याएर यसको कारोवार गर्दा विभिन्न खाले चुनौती देखिन थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell