PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

सिपिएलः सन्दीप आबद्ध बार्बाडोस ट्रिडेन्ट्स विजयी



पहिलोपोस्ट

सिपिएलः सन्दीप आबद्ध बार्बाडोस ट्रिडेन्ट्स विजयी

वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग सिपिएलमा गएराति भएको खेलमा सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्ट्सले सेन्ट लुसिया ज्युक्समाथि जित निकालेको छ। ग्रस आइस्लेटमा भएको खेलमा बार्बाडोसले ७१ रनको जित निकालेको हो।

पहिला ब्याटिङमा उत्रिएको बार्बाडोसले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७२ रन बनाएको थियो। १७३ रनको लक्ष्य पछ्याएको ज्युक्स १४.५ ओभरमा अलआउट हुँदै पराजित बन्न पुग्यो।

बार्बाडोसको जितमा नेपाली राष्ट्रिय टोलीका सदस्यसमेत रहेका सन्दीप लामिछानेले औषत बलिङ गरे। ३.५ ओभर बलिङ गरेका लामिछानेले १ विकेट लिँदै २९ रन दिए। लामिछानेबाहेक  बार्बाडोसका जोस्वा विसप र ज्यासन होल्डरले समान २/२ विकेट लिए। लामिछानेले हार्डस विल्जोइनको विकेट लिएका थिए।

यो जितसँगै  बार्बाडोस अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। ४ खेल खेलेको  बार्बाडोसले समान २ जित र २ पराजय भोग्दै ४ अंक जोडेको छ। तालिकाको शीर्षस्थानमा ग्युनिया अमेजोन वारियर रहेको छ। उसले ५ खेल खेलेकोमा शतप्रतिशत जित निकाल्दै १० अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell