PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु



पहिलोपोस्ट

बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

भरतपुरः भरतपुर महानगरपालिका -२९ जुगेडीस्थित नारायणगण-मुग्लिन सडकखण्डमा बसको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट रोल्पाका लागि आउँदै गरेको ना ४ ख २६०७ नंको बसले अन्दाजी २८ वर्षीय पुरुष व्यक्तिलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन। शवलाई भरतपुर अस्पतालमा राखिएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटना राति १२ः३० बजे भएको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell