
एएफसी यू १६ अन्तर्गतकाे समूह चरणकाे खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगितामा कमजोर प्रदर्शन गरेको श्रीलंकाले ३ खेल खेल्दै जित निकाल्न सकेको छैन। यता नेपालले पनि ३ खेल खेल्दै १ बराबरी र २ पराजय भोगेको छ।
नेपाल अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै सान्त्वना जित निकाल्न चाहन्छ। नेपाल र श्रीलंकाबीचको खेल आज राति ७ः४५ बजे जोर्डनको प्रिन्स मोहम्मद स्टेडियममा हुनेछ।
नेपालले पहिलो खेलमा घरेलु टोली जोर्डनसँग ७–० गोल अन्तरले पराजय भोगेको थियो। त्यस्तै, दोस्रो खेलमा कुवेतलाई १–१ को बराबरीमा रोकेको नेपालले तेस्रो खेलमा फेरि ताजकिस्तानसँग ७–० को फराकिलो अन्तरको पराजय भोगेको थियो।
अंकतालिकामा ३ खेल खेलेको ताजकिस्तान शतप्रतिशत जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा छ। त्यस्तै समान ३ खेल नै खेलेर २ जित र १ बराबरी गरेको जोर्डन तालिकाको दोस्रो स्थानमा छ। यस्तै ४ खेल खेलेर १ जित, २ बराबरी र १ पराजय भोगेको कुवेत तालिकाको तेस्रो स्थानमा छ। यता ३ खेल खेलेको नेपाल १ बराबरी र २ पराजयसँगै चौथो स्थानमा छ। त्यस्तै जितबिहीन श्रीलंका तालिकाको पुछारमा छ।
नेपाल रहेकाे समूह 'ए' मा नेपाललगायत ताजकिस्तान, जाेर्डन, कुवेत र श्रीलंका रहेका छन्।