PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

जेसिबीको ठक्करबाट दोलखामा एक बालकको मृत्यु



रासस

जेसिबीको ठक्करबाट दोलखामा एक बालकको मृत्यु

चरिकोट : दोलखाको बिगु गाउँपालिका–८ चिलङ्खामा जेसिबी (सडक निर्माणको लागि प्रयोग हुने डोजर) को ठक्करबाट एक बालकको मृत्यु भएको छ।

बिगु गाउँपालिका–८ चिलङ्खास्थित झोरुङसोरुङ सावा सडकखण्डको बाटो मर्मत गर्ने क्रममा शनिवार ४ बजे ठक्कर दिँदा रोजन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। बिगु गाउँपालिका–५ चिलङ्खा घर भई सोरुङमा व्यवसाय गरी बसेका रमेश खड्काका चार वर्षीय छोरा रोजन खड्कालाई जेसिबीले ठकर दिएको र घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रमेश बोहोराले जानकारी दिए।

मृतक बालकको शव परीक्षणका लागि चरिकोट ल्याइएको र ठक्कर दिने बा ३ क १२०६ नम्बरको जेसिबी ब्याक लोडर सिङ्गटी प्रहरीको नियन्त्रणमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell