PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

पहिलो पटक म्युजिक भिडियोमा अभिनय गर्दै अक्षय कुमार, नुपुर सेनोनसँगको फोटो सार्वजनिक



पहिलोपोस्ट

पहिलो पटक म्युजिक भिडियोमा अभिनय गर्दै अक्षय कुमार, नुपुर सेनोनसँगको फोटो सार्वजनिक
फोटो : Hindustan Times ।

मुम्बई : बलिउड सुपरस्टार अक्षय कुमारको पछिल्लो फिल्म 'मिसन मंगल'ले निकै चर्चा कमायो। एकपछि अर्को हिट फिल्मले बक्स अफिसमा धमाका मच्चाएका अक्षय पछिल्लो पटक एउटा म्युजिक भिडियोको सुटमा देखिएका छन्

पंजाबी गायक बी प्राकको नयाँ गीतको म्युजिक भिडियोमा उनी देखिने भएका हुन्। उनले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो हो। उनको साथमा बलिउड नायिका कृति सेनोनकी बहिनी नुपुर सेनोन पनि देखिनेछिन्। नुपुरको पनि यो पहिलो ठूलो प्रोजेक्ट हो।

आइतवार छायांकन गरिएको सो म्युजिक भिडियोको केही तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। यो रोमान्टिक गीत जानी बी प्राकले लेखेको हुन्।

उक्त म्युजिक भिडियोमा अर्का पंजाबी गायक एमी वर्कलाई पनि फिचर गरिनेछ। म्युजिक भिडियोको छायांकन मुम्बईको सेन्ट जेभियर्स कलेजमा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell