PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोह प्रहरीको फन्दामा



रासस

मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोह प्रहरीको फन्दामा

मध्यपुरथिमि : भक्तपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई चोरीका तीन मोटरसाइकलसहित थिमिस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा जुगल गाउँपालिका–७ का २५ वर्षीय अर्बिन तामाङ, बेलफी गाउँपालिका–३ का प्रकाशबहादुर तामाङ, सोही ठाउँका २५ वर्षीय रामबहादुर तामाङ, सुनकोशी गाउँपालिका–७ का २४ वर्षीय विजय नेपाल रहेको बृत्तका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताए।

त्यसैगरी सोही गिरोहका चाँगुनारायण नगरपालिका–१ दुवाकोटबेँसीका २३ वर्षीय सुजन गुरुङ, १९ वर्षीय दीपक अर्याल र सुजन थापालाई पनि पक्राउ गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell