PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

भुटानसँग नेपाल पराजित हुँदाका क्षणहरु

भुटानसँग नेपाल पराजित हुँदाका क्षणहरु

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : साफ यू १८ अन्तर्गतको आजको खेलमा आयोजक नेपाल भुटानसँग ३–० को गोल अन्तरले पराजित भएको छ। पहिलो खेलमा माल्दिभ्ससँग बराबरी खेलेको नेपाल दोस्रो हाफमा भुटानसँग पराजित भएको हो।

हलचोक स्थित एपिएफको मैदानमा भएको खेलमा भुटानले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा २ गोल गर्‍यो। जितसँगै भुटान सेमिफाइनल प्रवेश गरेको छ। तर पराजयपछि नेपालको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना न्युन भएको छ।


भुटानलाई जिताउन येसी दोर्जीले ३७ औं, केल्जिङ जिग्मीले ८६ औं र कर्मा सोनमले अन्तिम मिनेटमा गोल गरे। अब नेपालको सेमिफाइनल यात्रा भुटान र माल्दिभ्स बीचको खेलले निर्धारण गर्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell