PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

दाजुलाई खुकरी प्रहार गरी भाइले गरे आत्महत्या



पहिलोपोस्ट

दाजुलाई खुकरी प्रहार गरी भाइले गरे आत्महत्या
प्रतीकात्मक तस्विर

इलामः इलाममा आइतवार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन्। इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन्। 

दाजु विष्णु घरनजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेको अवस्थामा भाइले आएर एक्कासी खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले जानकारी दिए।

घाइतेको बाँया आँखामाथि कञ्चटमा काटिएको र दाहिने कानको छेउमा बाहिरी चोट लागेको छ। घटनालगत्तै पुगेको प्रहरीको सहयोगमा उनको उपचार गर्न इलाम अस्पताल ल्याइएको थियो। इलाममा उपचार सम्भव नभएपछि झापा लगिएको छ।

घाइतेको अवस्था गम्भीर रहेको छ। खुकुरी प्रहार गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा घटनास्थलदेखि करिब ३०० मिटर पर गोगुनको रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। शव परीक्षणका लागि इलाम अस्पतालमा ल्याइएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell