
काठमाडाैं– दक्षिण एसियाली खेलकुद अन्तर्गत आज भारत र बंगलादेशले प्रतिस्पर्धा गर्दै छन्। बलियो मानिएको भारतको जारी प्रतियोगितामा यो पहिलो खेल हो भने बंगलादेशले यसअघि नै श्रीलंका माथि जित निकाल्दै ३ अंक जोडिसकेको छ।
दक्षिण एसियाली फुटबलमा भारत बलियो टोली मानिन्छ। भारतका प्रशिक्षक पिन्टोले प्रतियोगिता अघिको कन्फ्रेन्समा आफ्नो तयारी राम्रो भएको बताएका थिए। ‘तयारी, एक्सोजर र टिम राम्रो छ,’ प्रशिक्षक फाेयड पिन्टोले भनेका थिए, ‘सिनियर टिमसँगको खेलाडीहरुको अनुभवले पनि साथ दिनेछ।’
यता बंगलादेशले पनि श्रीलंकामाथि शनिबार सहज जित निकाल्दै आफ्नो बलियो उपस्थिति देखाइ सकेको छ। समूह ‘बी’ मा बंगलादेश, भारत र श्रीलंका रहेका छन्।
यता समूह ‘ए’ को खेलमा नेपाल हिजोको खेलमा तुलनात्मक रुपमा कमजोर आंकिएको भुटानसँग पराजित भएको थियो। समूह ‘ए’ बाट भुटान सेमिफाइनल प्रवेश गरिसकेको छ भने माल्दिभ्स र भुटानबीचको खेलले अर्को कुन टिम सेमिफाइनल प्रवेश गर्ने हो भन्ने निर्धारण गर्ने छ।
भारत र बंगलादेश बीचको खेल दिउँसो ३ बजे हलचोक स्थित एपिएफको मैदानमा हुनेछ।