PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हामी कांग्रेस र हिजोका निरंकुशतावादी जस्तै भयौं : प्रचण्ड



पहिलोपोस्ट

हामी कांग्रेस र हिजोका निरंकुशतावादी जस्तै भयौं : प्रचण्ड
फोटो : रासस।

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरु कांग्रेस र हिजोका निरंकुशतावादी जस्तै बन्दै गएको बताएका छन्।

नेतृ साहना प्रधानको पाँचौं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले समाजवादतिरको यात्रामा जाँदै गर्दा कम्युनिस्टहरु स्खलीत हुँदै गएको बताए।

‘नाम त कम्युनिस्ट पार्टी नै छ। तर के हामी साच्चै कम्युनिस्ट जस्तै छौ त? भन्न त हामीले समाजवादको यात्रा सुरु गर्ने भनेका छौँ, के हामी समाजवादको यात्राको निम्ति एउटा योद्धा जस्तै छौँ त? या विस्तारै काँग्रेस र निरंकुशतावादीजस्ता हुँदै गएका छौँ?' प्रचण्डले भने।

उनले कम्युनिस्ट भनेको गरिब र पीडितका न्यायका निम्ति लडेको भनेर जनताले भरोसा र भोट दिएको  बताए। तर अहिले कम्युनिस्टहरुको व्यवहार र आचरणमा अरुभन्दा फरक नभएको उनको भनाइ थियो।

उनले भने, 'अब समाजवादको आधार निर्माण गर्ने, समाजवादी क्रान्तिको तयारी गर्ने, त्यसको निम्ति आवश्यक पर्ने विचारको स्पष्टता हामीमा आयो त?'

उनले आचारणमा कस्ता छौँ भनेर आँफैलाई फर्केर हेर्ने समय आएको बताए। कम्युनिष्टभित्र गुट/उपगुट बन्दै गएको बताउँदै उनले भने, ‘पदका लागि गुट/उपगुट बनाएर लडौं भनेर होइन आदर्शतिर जाऔं भन्नका लागि एकता गरेको हो।'

साथै प्रचण्डले अब फरक खालको आन्दोलनको आवश्यकता परेको पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell