PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयार 'मिस नेपाल २०१९'का शीर्ष विजेता



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयार 'मिस नेपाल २०१९'का शीर्ष विजेता

मिस नेपाल २०१९ का पाँच शीर्ष विजेताहरुले यो वर्ष हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछन्। मिस वर्ल्ड, मिस युनिभर्स, मिस अर्थ, मिस इन्टर्नेसनल र मिस सुप्रा नेसनलका लागि नेपाली प्रतिस्पर्धी जाने मिति तय भएको छ। मिस नेपाल आयोजक हिडन ट्रिजरले आइतबार कार्यक्रम आयोजना गरी यसबारे जानकारी दिएको हो।

मिस अर्थमा प्रतिनिधित्व गर्न रीया बस्नेत फिलिपिन्स जाँदैछिन्। २६ अक्टोबरमा हुने फिनालेका लागि रीया २७ सेप्टेम्बरमा पुग्नेछिन्। त्यस्तै टोक्योमा हुने मिस इन्टर्नेसनलका लागि मीरा कक्षपाती २५ अक्टोबरमा जापान पुग्नेछिन्। प्रतियोगिताको फिनाले १२ नोभेम्बरमा हुँदैछ।

लन्डनमा हुने मिस वर्ल्डमा भने अनुश्का श्रेष्ठको प्रतिनिधित्व रहनेछ। उनी २० नोभेम्बरमा जाँदैछिन्। मिस वर्ल्डको अन्तिम प्रतिस्पर्धा डिसेम्बर १४ मा हुनेछ। त्यसअघि प्रतिस्पर्धीहरुले विभिन्न कार्यशालामा सहभागिता हुनुपर्नेछ।

रोज लामाको सहभागिता मिस सुप्रानेसनलमा हुनेछ। डिसेम्बरमा हुने फिनालेका लागि उनी १८ नोभेम्बरमा पोल्यान्डमा प्रस्थान गर्नेछिन्।

फिलिपिन्समा हुने मिस युनिभर्सको ६८ औं संस्करणमा प्रदिप्ता अधिकारीको सहभागिता रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell