PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

राजपा अध्यक्षमण्डलको संयोजकमा फेरि महन्थ ठाकुर



पहिलोपोस्ट

राजपा अध्यक्षमण्डलको संयोजकमा फेरि महन्थ ठाकुर

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्षमण्डलको संयोजक हेरफेर भएको छ। राजपाको संयोजकको जिम्मेवारी आजबाट फेरि महन्थ ठाकुरले पाएका छन्।

दुई महिनामा संयोजक फेरिने चक्रीय प्रणाली अन्तर्गत ठाकुर संयोजक बनेको राजपाका महासचिव केशव झाले जानकारी दिए।

०७४ वैशाखमा तराई मधेशका विभिन्न ६ दलबीच एकीकरण भइ राजपा बनेको थियो। सुरुवातमा अध्यक्षमण्डलका संयोजक ठाकुर नै थिए।

लामो समयसम्म अधिवेशन नभएपछि नेतृत्वमा चक्रीय प्रणालीमा सहमति भएको थियो। दुई महिनाअघि राजकिशोर यादव अध्यक्षमण्डलको संयोजक बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell