PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

'वार' प्रदर्शनअघि अलग हुँदै ऋतिक र टाइगर



पहिलोपोस्ट

'वार' प्रदर्शनअघि अलग हुँदै ऋतिक र टाइगर

फिल्म प्रचारप्रसारको क्रममा कलाकारहरुलाई भ्याइ नभ्याइ हुन्छ। फिल्मका कलाकारहरु टिभी रियालिटी सोदेखि युट्युब अन्तर्वार्ता र प्र्याङ्कसम्ममा सहभागी हुन थालेका छन्। फिल्म निर्माण युनिट पनि चाहन्छ सबै कलाकारले प्रचारका लागि मिहेनत गरुन्। तर, बलिउड एक्सन थ्रिलर फिल्म 'वार'को प्रचारप्रसारमा भने दुई मुख्य अभिनेताहरु ऋतिक रोशन र टाइगर स्राफ सँगै नदेखिने भएका छन्। जसको कारण कलाकारहरुको व्यस्तता वा दुश्मनी भने होइन। निर्देशक चाहँदैनन् उनीहरु फिल्म रिलिजअघि सँगै देखिउन् भन्ने।

वारका निर्देशक सिद्धार्थ आनन्दले इन्डिया टुडेसँग भनेका छन्, 'दुईजना भेट्रान एक्सन स्टारलाई एकैसाथ स्क्रिनमै देखाउनु मेरो उद्देश्य हो। हामीले उनीहरुलाई सँगै देख्ने क्षण जादुमय होस्।'

फिल्ममा ऋतिक र टाइगर एकअर्काका दुश्मनको रुपमा प्रस्तुत भएका छन्। निर्देशक चाहन्छन् उनीहरुको अनस्क्रिन दुश्मनी स्क्रिनबाहिर दर्शक, समीक्षकले कुरा गर्ने विषय बनोस्।

त्यसैले वारको प्रचारका लागि यी दुई कलाकार फरक फरक कार्यक्रम, समारोहमा एक्लाएक्लै देखिनेछन्।

यशराज फिल्मले प्रस्तुत गरेको फिल्म अक्टोबर २ मा हिन्दी, तमिल र तेलगु भाषामा एकसाथ प्रदर्शन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell