
काठमाडौं : ठगी मुद्दामा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले आइतवार साँझ नयाँबानेश्वरको थापागाउँबाट ४६ वर्षीया विमला थापालाई नियन्त्रणा लिएको हो।
सरिताकुमारी सापकोटाको जाहेरीले वैदेशिक रोजगारी ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७४ असार २६ गतेको फैसलाले १ लाख ५० हजार रुपैयाँ र १ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो।
थापालाई सोमवार जिल्ला अदालत काठमाडौंको आदेश अनुसार कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको प्रहरीले जानकारी दिएको छ।