PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

हजुरआमाका कथा अधुरा सपनाहरूको दस्तावेज हो : अमृता लम्साल



पहिलोपोस्ट

हजुरआमाका कथा अधुरा सपनाहरूको दस्तावेज हो : अमृता लम्साल

सामाजिक अभियान्ता एवं पत्रकार अमृता लम्सालको पुस्तक ‘हजुरआमाका कथा’ सार्वजनिक भयो। उनले सार्वजनिक गरिसकेका कथामा नयाँ थप कथाहरु समेटेर पुस्तकाकार दिएकी हुन्। 

पुस्तकमा २३ जना हजुरआमाका कथा छन्। कथाका पात्रहरु सबै उमेरले ८० वर्ष माथिका छन्। कुल २६ कथा समेटिएको पुस्तकमा तीनवटा नातिनीहरुको अनुभव छ। लम्सालले आफ्नै हजुरआमा कृष्णकुमारी घिमिरेको ९६ औं जन्मदिनको उपलक्ष्यमा शनिबार पुस्तक लोकार्पण गरेकी हुन्। 'हजुरआमका कथा' हजुरआमाहरुले नै विमोचन गरे।

अक्षर क्रियशनले जारी गरेको विज्ञप्ति अनुसार पुस्तकले हजुरआमाहरुको बालापन, शिक्षाप्रतिको चाहना, बाध्यता, सौता भित्र्याउने त्रास र भित्र्याए पछिको पीडा लगायत हजुरआमाहरूका कर्मशीलता र जुझारुपनाको कथा समेटेको छ।

लेखक अमृताले पुस्तक बारे लेखेकी छिन्- 'नेपाली महिलाहरूले एउटा कालखण्डमा भोगेको सामाजिक, सांस्कृतिक तथा अधुरा सपनाहरूको दस्तावेजको रुपमा यो किताब तयार भएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell