PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

सरकारले अख्तियारदेखि अदालतसम्मलाई तर्साउन खोज्यो : वरिष्ठ नेता पौडेल



पहिलोपोस्ट

सरकारले अख्तियारदेखि अदालतसम्मलाई तर्साउन खोज्यो : वरिष्ठ नेता पौडेल

प्युठान : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाईको दम्भ बोकेको वर्तमान सरकारको छायामा मुलुकको न्यायपालिका र संवैधानिक निकायहरु परेको आरोप लगाएका छन्। दोस्रो जागरण अभियान अन्तर्गत प्यूठानमा अयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले सरकारले अख्तियार अदालत सबै संवैधानिक निकायलाई दुई तिहाई देखाएर तर्साएकाले मुलुकमा भएका ठुला आर्थिक घोटालाहरुको निष्पक्ष छानविन हुन नसकेको बताए।

पौडेलले भने, ‘हरेक संवैधानिक निकायलाई नियन्त्रण गर्न खोजिएको छ। त्यो संविधानको विपरित हो। अख्तियार, अदालतलाई तर्साउन खोजिदैछ। जनताले दिएको दुईतिहाईको मतलाई निरंकुश शासन चलाउनका लागि प्रयोग गरीएको छ।’ 

वरिष्ठ नेता पौडेलले ठूला ठूला आयोजनालाई कमिसनको चक्करमा अलपत्र पारिएको आरोप लगाए। उनले विना प्रतिष्पर्धा ठूला आयोजनालाई ठेक्का दिन सुरु गरेबाट आर्थिक अनियमितता भएको पुष्टि हुने पनि बताए।

उनले भने, 'ठूला ठूला आयोजनालाई कमिसनको चक्करमा अलपत्र पारिएको छ। विना प्रतिष्पर्धा ठूला आयोजनालाई ठेक्का दिने काम भएको छ। ठूला ठूला आयोजना ठूला ठूला मान्छे मिलेर मात्र भएका छन्।’

पौडेलले मुलुक सत्ता र पैसाको दुष्चक्रमा फस्न लागेकोमा चिन्तासमेत व्यक्त गरे।

पौडेलले भने, ‘अहिले मुलुकलाई सत्ता र पैसाको दुष्चक्रमा फसाउन लागिएको छ। हिजो सरकारमा पुग्ने वित्तिकै कांग्रेसले गाँउबाट विकास सुरु गर्‍यो। बाटो, विजुली, पानी शिक्षा र स्वास्थ्य गाँउ गाँउमा हामीले पुर्‍याएको हो। हामीले गाँउ गाँउमा विकासको सुरुवात गर्न थालेसँगै गाँउ गाँउमा मान्छे काट्न थालियो। मान्छे काट्नेहरु सवै एकैठाँउमा पुगेर सत्ता सञ्चालन गरेपछि अहिले विकास के भएको छ? बाहिर एउटा कुरा गर्ने अनि काम चाँही अर्कै गर्ने नेताहरुदेखि अब सचेत हुन जरुरी छ।’

पौडेलले दुई तिहाईको सरकारले गरेका कामको हिसाबकिताब नेपाली जनताले गरेको बताउँदै कम्युनिस्टहरु चिल्ला कुरा गरेर जनतालाई क्षणिक प्रभावमा परेको बताए।

‘हिजो क्रान्तिकारी कुरा गर्ने कम्युनिस्ट नेताहरुको व्यवहार अहिले के भएको छ? कम्युनिस्टहरु झुटा कुरा गर्न सिपालु छन्। मजदुर हिमायती भन्ने सत्तामा पुग्ने अनि मजदुर माथि नै प्रतिबन्ध लगाउने कम्युनिस्टहरुको चरित्र हो। दासताको युग थियो त्यो समाप्त भयो। पुँजीपतिको युग थियो त्यो पनि समाप्त भयो। अहिले कम्युनिस्टको युगमा सवै बराबरी भयो भन्ने सोचेका थिए। तर अहिले कम्युनिस्टहरुकै नै नयाँ वर्ग जन्मिएको छ। सामान्य जनता जहाँको त्यही छ, अहिले कम्युनिस्ट पार्टीको सदस्यको रवाफ कहाँ पुगेको छ', उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell