PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

साफ यू १८ : भारत र बंगलादेश बराबरीमा रोकिए



पहिलोपोस्ट

साफ यू १८ : भारत र बंगलादेश बराबरीमा रोकिए
तस्बिर: एन्फा

काठमाडाैं: दक्षिण एसियाली खेलकुद अन्तर्गत आज  भएको खेलमा भारत र बंगलादेश गोलरहित बराबरीमा रोकिएका छन्।

जारी प्रतियोगितामा भारतको यो पहिलो खेल हो भने बंगलादेशले यसअघि नै श्रीलंकामाथि जित निकाल्दै ३ अंक जोडिसकेको थियो। आजको खेलमा भारतसँग बराबरी खेल्दै बंगलादेशको ४ अंक भएको छ। हलचाेकस्थित शसस्त्र प्रहरीकाे मैदानमा भएकाे खेलमा बलियाे मानिएकाे भारतसँग अंक खाेस्दै बंगलादेशले सेमिफाइनलको यात्रा तय गरेको हाे।

अर्कोतर्फ पहिलो खेलमै अंक बाँढ्न परेको भारत अर्को खेलमा श्रीलंकालाई जित्नै पर्ने दवावमा हुनेछ। प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पटकपटक गोल गर्ने मौका बनाएका थिए। यद्यपि, दुवै टिमले त्यसको सदुपयोग भने गर्न सकेनन्।

समूह 'बी' भारत, बंगलादेश र श्रीलंका छन्। बंगलादेशले २ खेल खेल्दै १ जित र १ बराबरीसँग ४ अंक जाेडेकाे छ। त्यस्तै भारतले आज बराबरी खेल्दै अंक बाँडेकाे छ। त्यस्तै पहिलाे खेलमै पराजय भाेगेकाे श्रीलंका अंकबिहीन छ।

यता समूह ‘ए’ को खेलमा नेपाल हिजोको खेलमा तुलनात्मक रुपमा कमजोर ठानिएको भुटानसँग पराजित भएको थियो। समूह ‘ए’ बाट भुटान सेमिफाइनल प्रवेश गरिसकेको छ भने माल्दिभ्स र भुटानबीचको खेलले अर्को कुन टिम सेमिफाइनल प्रवेश गर्ने हो भन्ने निर्धारण गर्ने छ।

भाेलि हुने खेलमा माल्दिभ्स र भुटान प्रतिस्पर्धा गर्नेछन्। खेल दिउँसाे ३ बजे हलचाेकस्थित शसस्त्र प्रहरीकाे खेल मैदानमा हुनेछ। यही खेलले नेपालकाे सेमिफाइनल प्रवेश गर्ने या नगर्ने तय गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell