PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

सरकारले तोकेको भन्दा बढी लिएको शुल्क एक महिनाभित्र फिर्ता गर्न मेडिकल कलेजलाई सरकारको निर्देशन



पहिलोपोस्ट

सरकारले तोकेको भन्दा बढी लिएको शुल्क एक महिनाभित्र फिर्ता गर्न मेडिकल कलेजलाई सरकारको निर्देशन

काठमाडौं : सरकारले तोकेको शुल्कभन्दा बढी रकम लिने मेडिकल कलेजले एक महिनाभित्र रकम फिर्ता गर्न सरकारले निर्देशन दिएको छ।

सोमबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा गृहमन्त्रालयमा बसेको बैठकले बढी शुल्क लिने मेडिकललाई एक महिनाभित्र रकम फिर्ता गर्न लगाउने निर्णय गरेको हो। बैठकले सरकारको निर्णयको बेवास्ता गर्दै रकम फिर्ता नगरे कारबाही गर्ने समेतको निर्णय गरेको छ।

गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणी पोख्रेललगायत अन्य पदाधिकारीहरुको बैठकले विभिन्न मेडिकलहरुले तोकिएको शुल्कभन्दा बढी रकम लिएको उजुरी परेपछि बढी रकम फिर्ता गर्ने निर्णय गरेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ।

बैठकमा गृहमन्त्री थापाले सरकारले २०७२ सालमा निर्धारण गरेको शुल्कभन्दा बढी लिएकोमा फिर्ता गराउन राजनीतिक समाधान र कानुनी प्रकृया दुबै अगाडी बढाउने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell