PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

पत्रकारले सेयर र रिट्विट पनि पुष्टि गरेरमात्र गर्नुपर्ने, अनलाइन निश्चित अवधि सेन्सरमा पर्न सक्ने



पहिलोपोस्ट

पत्रकारले सेयर र रिट्विट पनि पुष्टि गरेरमात्र गर्नुपर्ने, अनलाइन निश्चित अवधि सेन्सरमा पर्न सक्ने

काठमाडौं : सामाजिक सञ्जालको प्रयोग तथा अनलाइनका सामग्रीलाई निषेध गराउनसक्ने व्यवस्थासहित प्रेस काउन्सिल नेपालले पत्रकार आचार संहिता, २०७३ को पहिलो संशोधन २०७६ जारी गरेको छ।

आज जारी संशोधित आचारसंहित अनुसार अबदेखि पत्रकारले कुनै पनि सामाजिक सञ्जालका सामग्री सेयर वा रिट्विट गर्दा पुष्टि गरेरमात्र सेयर वा रिट्विट गर्नुपर्ने छ।

'पत्रकार तथा सञ्चार माध्यमले सामाजिक सञ्जालमार्फत् प्रवाह गर्ने समाचार, विचार र सूचना वा जानकारीहरु सत्य तथ्यपूर्ण, सन्तुलित र मर्यादित हुनुपर्दछ,' आचार संहितामा भनिएको छ,

'सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताहरुले प्रकाशन गरेको जानकारी वा विचार/कमेन्टलाई सेयर वा रिट्विट गरी पुन प्रकाशन गर्दा पत्रकार तथा सञ्चार माध्यमले आफूले प्रकाशन गरे सरह तथ्य जाँच गरी निष्पक्षतालाई समेत ख्याल गरी सम्प्रेषण गर्नुपर्दछ।'

आचार संहित उल्लंघन गरेको ठहर भएमा प्रेस प्रतिनिधि प्रमाणपत्र निलम्बन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने तथा काउन्सिलले दिएको निर्देशन पालन नगरेमा संचार माध्यमलाई अवज्ञाकारी सूचीमा राख्ने व्यवस्था समेत यसमा गरिएको छ।

काउन्सिलको निर्देशनलाई तीन पटकभन्दा बढी अवज्ञा गरेमा पनि प्रेस पास निलम्बनसम्मको व्यवस्था गरिएको छ।

यतिमात्र होइन, अनलाइन सञ्चार माध्यममा आएका सामग्रीले आचार संहित उल्लंघन गरेमा निश्चित अवधि तोकी त्यस्ता सामग्रीमा रोक लगाउनेसम्मको व्यवस्था आचार संहितामा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell