PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

नेकपामाथि ४ कोणबाट चिनियाँ कम्युनिस्ट पार्टीको दृष्टिकोण



नेत्र तामाङ

नेकपामाथि ४ कोणबाट चिनियाँ कम्युनिस्ट पार्टीको दृष्टिकोण

काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग मन्त्री सोन थावले नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको चार समानताको विषयमा चर्चा गरेका छन्।

राजधानीको होटल याक एन्ड यतिमा नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा आजबाट शुरु भएको 'सि जिनपिङ विचारधाराबारे कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टीबीच विचारात्मक छलफल कार्यक्रम'मा थावले दुई देशका पार्टीका बीच रहेको चार समानताबारे चर्चा गरे।

कार्यक्रममा थावले पहिलो विषय समाजवादलाई जोडेका थिए। उनले भने, 'पहिलो त हामी दुवै समाजवादमा सँगै अघि बढ्दैछ। चिनियाँ समाजवादी आफ्नै छ। नेकपाले पनि नेपालको सन्दर्भमा जोडेर काम गरेको छ।'

तथ्यको सत्य खोज्नु माक्सवादको मुल कुरा भएको उल्लेख गर्दै मन्त्री थावले पार्टीको १८ औं महाधिवेशनबाट चिनियाँ कम्युनिस्ट पार्टीले तथ्यको सत्य खोज्न थालेको बताए। उनले यस विषयमा केही वर्षयता नेकपाले पनि यो सिद्धान्त लिन थालेको दाबी गरे।

दोस्रोमा थावले उत्पादनको विषयलाई जोड दिए। थावले भने, 'दोस्रो मार्क्सवाद- उत्पादन समाजको एउटा स्रोत हो। पुँजीवाद भन्दा उत्पादन बढाउन सके राम्रो हुन्छ। हामी पहिले पछाडि थियौं। अहिले आर्थिक रुपमा विश्वकै दोस्रो भएका छौं। सि जिनपिङले २०३५ मा समाजवादीको आधुनिकीकीकरण गर्नुहुन्छ। २०५० मा नयाँ नीति आउँछ। नेकपा पनि यहीँ बाटोमा छ।'

जनतालाई सेवा दिनु दुवै देशको पार्टीको तेस्रो सिद्धान्त भएको उनले बताए। थावले भने, 'तेस्रो जनतालाई सेवा दिनु सर्वोच्च सिद्धान्त हो। जनतालाई केन्द्रीय स्थानमा राख्नुपर्छ भन्ने मान्यता सि जिनपिङको विचारधारा हो। ७० वर्षमा ७० करोड गरिबी घट्यो। हाम्रो मन्त्रालयले समन्वय गरी नेपालको २ स्कुललाई चन्दा दिनेछ। यसले विश्वास बढ्नेछ।'

मन्त्री थावले अबको दिनमा चिनियाँ कम्युनिस्ट पार्टी अझ कडा नीति लिएर अघि बढ्ने र नेकपाले पनि सोही दिशा समातेको उल्लेख गरे। उनले भने, 'चौथो भनेको अब हामी पहिले भन्दा कडा नीति लिएर पार्टी बनाउँदैछ। हामीले पार्टीमा आत्मक्रान्ति गर्दैछौं। नेकपाले पनि यसरी नै एकता गर्दैछ।'

उनले चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपालसँग हातमा हात मिलाएर अघि बढ्न चाहेको प्रस्ट्याउँदै नेपाल र चीन आपसी हितयुक्त काम गर्न तयार हुनुपर्ने बताए।

'काठमाडौं आएर सिकाउन चाहन्छौं। सँगै काम गर्न चाहन्छौं। सि जिनपिङले सबैको सपना त्यस्तै छ। समावेशी र आपसी हितयुक्त काम हामी गर्नेछौं। सि जिनपिङले नेपालसँग हातमा हात मिलाएर काम गर्न चाहनुभएको छ,' थावले भने। उनले बिआर रोड बनाउन तयार रहेको प्रतिबद्धता जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell