PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

'प्रचण्ड'ले भने, 'चिनियाँ शैलीको समाजवादबाट नेपालले केही सिक्नुपर्छ'



पहिलोपोस्ट

'प्रचण्ड'ले भने, 'चिनियाँ शैलीको समाजवादबाट नेपालले केही सिक्नुपर्छ'

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चिनियाँ शैलीको समाजवादबाट नेपालले सिक्नुपर्ने बताएका छन्।

आज राजधानीको याक एन्ड यति होटलमा सि जिनपिङ विचारधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारधारात्मक छलफल कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन्।

अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङले अघि सारेको चिनियाँ विशेषतासहितको समाजवादको प्रशंसा गर्दै नेपाललगायतका मूलुकले त्यसबाट सिक्नुपर्नेमा जोड दिए।

'चिनियाँ विशेषतासहितको समाजवादको अहिले विश्वव्यापी रुपमा बहसको बिषय बनेको छ। त्यसबाट नेपालले के सिक्ने? आज र भोलि हुने छलफलमा कुरा उठ्नेछ', प्रचण्डले भने।

अध्यक्ष प्रचण्डले कम्युनिस्टका नेताहरु विलासी बन्दै गएमा शासनबाट बाहिरिने उल्लेख गर्दै अनुशासित बन्नु पर्ने कुरामा जोड दिए। उनले ९ करोड सदस्य रहेको चिनियाँ कम्युनिष्ट पार्टीभित्र अनुशासनको पालना गरेर नै त्यो सफलताको उचाई हासिल गरेको बताए।

उनले नेपाल एक चीन नितिमा अडिग रहेको भन्दै कुनै पनि हस्तक्षेप नसहने पनि बताए। बिआरआइ सम्झौताले उच्च तहमा राजनीतिक समझदारी भइरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell