PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नवलपरासीमा कार र ट्रक एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु, मध्यविन्दुमा बस पल्टिँदा चालकको ज्यान गयो



पहिलोपोस्ट

नवलपरासीमा कार र ट्रक एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु, मध्यविन्दुमा बस पल्टिँदा चालकको ज्यान गयो

कावासोतीः पूर्वपश्चिम राजगार्गअन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ। दुर्घटनामा कम्तीमा २० घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गएराति १०ः१५ बजेको समयमा कावासोती नगरपालिकाको खरकट्टा जङ्गलस्थित पूर्वपश्चिम राजमार्गमा लु १ ख ८५३२ नंको ट्रक र बा २१ च ६४०९ नंको कार एकापसमा ठोक्किँदा कारमा सवार पाँचको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका पाँचलाई उपचारका लागि भरतपुर अस्पतालमा पठाइएकामा अस्पतालले मृत्यु भएको घोषणा गरेको प्रहरी निरीक्षक अधिकारीले बताए। मृत्यु हुने पाँचै जनाको नाम ठेगाना अझै खुल्न सकेको छैन।

 यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका–१० स्थित जङ्गलमा राति १ः४५ बजेको समयमा  दाङबाट काठमाडौँका लागि छुटेको बस आफैँ अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १५ घाइते भएका छन्। ना ७ ख ८६४२ नंको बस आफैँ अनियन्त्रित भएर पल्टिएको हो। बस पल्टिँदा मकवानपुर घर भएका बसचालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell