PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

ब्रिटानिया नेपालको उत्पादन आठ दिनदेखि ठप्प, मजदुर धर्नामा



पहिलोपोस्ट

ब्रिटानिया नेपालको उत्पादन आठ दिनदेखि ठप्प, मजदुर धर्नामा

वीरगंजः वीरगंज पथलैया औधोगिक करिडोरमा सञ्चालित बहुराष्ट्रिय बिस्कुट उद्योग ब्रिटानिया नेपाल प्रालिमा मजदुर फेरि धर्नामा बसेका छन्। पाँच महिनादेखि सञ्चालनमा आएको ब्रिटानिया नेपालको व्यवस्थापन पक्ष र मजदुरबीच कामदार राख्ने विषयमा विवाद हुँदा आठ दिनदेखि मजदुर धर्नामा बसेका छन्।

वीरगंज महानगरपालिका २१ लिपनीविर्तामा उद्योगले निर्माण हुने बेलामा ३४० जना मजदुरलाई रोजगारी दिने घोषणा गरे पनि घोषणा अनुसारको मजदुर नराखी ठेक्कामा राखेपछि धर्नामा बसेको मजदुर नेता वीरेन्द्र महतोले जानकारी दिए।

उद्योग व्यवस्थापन पक्षले पप्पु सप्लायर्स, उज्ज्वल सप्लायर्स र विवेक सप्लायर्ससँग एकसय ४० जना मजदुर राखेपछि विवाद उत्पन्न भएको हो। श्रम कार्यालय वीरगंजमा व्यवस्थापन पक्षको रोहबरमा मजदुर आपूर्ति गर्ने सप्लायर्स र कामदारबीच भएको वार्ता असफल भएपछि धर्नामा बस्नु परेको मजदुर नेता महतोले बताए।

यस विषयमा कम्पनीका व्यक्तिहरुले भने प्रतिक्रिया दिन मानेनन्।

विवादले उद्योगको उत्पादन प्रभावित भइरहेको छ। ब्रिटानिया ३ अर्ब १४ करोड लागतमा करिब ५ विघामा निर्माण गरिएको उद्योग हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell