PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

यस्तो बन्यो फिफाको 'टिम अफ दी इयर'



पहिलोपोस्ट

यस्तो बन्यो फिफाको 'टिम अफ दी इयर'

फिफाले पुरुषतर्फको टिम अफ दी इयर  घोषणा गरेको छ। टिममा अघिल्लो सिजन प्रिमियर लिग खेलेका ३ खेलाडी परेका छन्। यद्यपि च्याम्पियन म्यानचेस्टर सिटीबाट भने कुनै खेलाडी परेका छैनन्। तीन खेलाडीमा एलिसन्, भान डाइक समावेश छन्। त्यस्तै इडन हजार्ड पनि टोलीमा समावेश छन्।

फिफाले जारी गरेको टिममा लिभरपुलका २ खेलाडी, बार्सिलोनाका २ खेलाडी, रियल मड्रिडका ४ खेलाडी र युभेन्टसका २ खेलाडी तथा  पिएसजीका १ खेलाडी समावेश छन्।

यस्तो छ टिम, खेलाडी र सन् २०१८ /१९ काे क्लबसहित

गोलकिपरः एलिसन् (लिभरपुल/ब्राजिल)

डिफेन्डरः म्याथिल डिलाइट (आयाक्स–युभेन्टस/नेदरल्यान्डस्), सर्जियो रामोस (रियल मड्रिड/स्पेन), भर्जिल भान डाइक (लिभरपुल/नेदरल्यान्डस्), मार्सेलो (रियल मड्रिड/ब्राजिल)

मिडफिल्डः लुका मोड्रिच (रियल मड्रिड/क्रोएसिया), फ्रान्कि डिजोङ (आयाक्स–बार्सिलोना/नेदरल्यान्डस्), इडन हजार्ड(चेल्सी–रियल मड्रिड/बेल्जियम)

फर्वाडः किलियन एम्बापे (पेरिस सेन्ट जर्मेन/फ्रान्स), क्रिश्चियानो रोनाल्डो (युभेन्टस/पोर्चुगल), लियोनेल मेस्सी (बार्सिलोना/अर्जेन्टिना)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell