PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

न्युरोडमा राँगोले हानेर ३ जना घाइते, नियन्त्रणमा लिन गोली प्रहार



पहिलोपोस्ट

न्युरोडमा राँगोले हानेर ३ जना घाइते, नियन्त्रणमा लिन गोली प्रहार

काठमाडौं: अनियन्त्रित भएको राँगोलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।

आज बिहान न्यूरोड, कालिमाटी लगायत क्षेत्रमा मानिसलाई हान्दै हिँडेपछि नियन्त्रणमा लिन गोली चलाइएको छ। 'मानिसलाई घाइते बनाउँदै हिँडेपछि धनजनको क्षति नहोस् भनेर गोली प्रहार गरेको हो,' महानगरीय प्रहरी जनसेवा वृत्तका डिएसपी वासुदेव खतिवडाले भने।

राँगाको आक्रमणबाट तीन जना मानिस घाइते भएका छन्‍। उनीहरुको हातमुख लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। त्यस्तै एउटा ट्याक्सीमा पनि राँगाको आक्रमणबाट क्षति भएको छ। राँगो कसको हो भन्ने खुल्न सकेको छैन। ' अहिलेसम्म मेरो हो भनेर कोही आउनु भएको छैन। हामीले महानगरपालिकालाई जिम्मा लगाएका छौं,' डिएसपी खतिवडाले भने।

काट्नको लागि तयार पारेको राँगो फूत्किएर मानिसलाई आक्रमण गर्दै हिँडेको देखिएको छ। कालिमाटी क्षेत्रबाट प्रवेश गरेको राँगाले बिहानभरि न्युरोड, कालिमाटी लगायतका क्षेत्रमा आतंक फैलाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell