PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

'विप्लव'का उपत्यका इन्चार्ज विश्वकर्मा प्रकाउ



पहिलोपोस्ट

'विप्लव'का उपत्यका इन्चार्ज विश्वकर्मा प्रकाउ

काठमाडौं: सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका इन्चार्ज प्रकाउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले सोमवार उपत्यका इन्चार्ज नवीन विश्वकर्मालाई नियन्त्रणमा लिएको हो।

विश्वकर्मालाई ललितपुरको नख्खुस्थित एनसेन कार्यालयमा भएको बम विस्फोट घटनामा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। गत फागुन १० गते एनसेल कार्यालयमा भएको बम विस्फोटमा परि एक जनाको मृत्यु भएको थियो।

माइला लामा पक्राउ परेपछि विश्वकर्मा उपत्यकाको इन्चार्ज थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell