PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

प्रतिबन्धित भारुसहित दुई जना पक्राउ



पहिलोपोस्ट

प्रतिबन्धित भारुसहित दुई जना पक्राउ

काठमाडौं : प्रहरीले प्रतिबन्धित भारुसहित दुई भारतीय नागरिलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले बल्खुबाट भारत बेतिया घर भएका ३० वर्षीय प्रमेन्द्र दास र २८ वर्षीय हर्मेन्द्र दासलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

उनीहरुको साथबाट प्रहरीले  प्रतिबन्धित भारतीय रुपैयाँ १ लाख ५० हजार समेत बरामद गरेको छ। प्रहरीले बा १ ज ७४९१ नम्बरको बीरगंज-काठमाडौं चल्ने टाटा सुमो जिपमा सवार प्रमेन्द्रलाई प्रतिबन्धित ५ सय दरका २ सय वटा भारतीय रुपैयाँ र  हर्मेन्द्रको साथमा ५ सय दरको १ सय वटा भारतीय रुपैयाँसहित फेला पारेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell