PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

७२ किलोमिटर लामो बाहिरी रिङ रोड चिनियाँ कम्पनीलाई



पहिलोपोस्ट

काठमाडौं : लगानी बोर्डको ४० औं बैठकले बाहिरी चक्रपथ निर्माण गर्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ। बोर्ड बैठकले उपत्यकाको बाहिरी चक्रपथ विस्तार गर्न चाइना कम्यूनिकेशन कन्स्ट्रक्सन कम्पनीको आशयपत्र स्वीकृत गरेको हो।

यससँगै बैठकले उपत्यकाको सवारी व्यवस्थापनमा भएका प्रगतीलाई एकिकृत गर्ने निर्णय समेत गरेको छ। आर्थिक वर्ष २०६१/०६२ को बजेटले अघि सारेको यो आयोजना १४ वर्षपछि पुन अघि बढ्न लागेको हो।

७२ किलोमिटर लम्बाई रहने यो चक्रपथ निर्माणका लागि सुरुमा ६ अर्ब लागत लाग्ने भनिएता पनि अहिले रकम बढि सकेको छ।

आयोजनाका अनुसार यो सडक ८ लेनको हुनेछ। जसका लागि ७ हजार २ सय रोपनी जग्गा आवश्यक हुन्छ। यदि जग्गाको मुअब्जा वितरण गर्नु परेमा यो आयोजना फलामको चिउरा बन्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell