PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

एमआरआई गराउने मेसिनभित्रै थुनिए विरामी : टनेलभित्र हुलेर हिँडे चिकित्सक!



पहिलोपोस्ट

एमआरआई गराउने मेसिनभित्रै थुनिए विरामी : टनेलभित्र हुलेर हिँडे चिकित्सक!

पाँचकुला (भारत) : एमआरआई गराउन अस्पताल पुगेका राममेहर सिंहलाई क्लोस्ट्रोफोविक टनेलभित्रै छाडेपछि यहाँको एउटा अस्पतालमाथि अनुसन्धान सुरु भएको छ।

५९ वर्षका उनलाई एमआरआइ मेसिनभित्रै छाडेको ३० मिनेटपछि त्यहाँबाट उम्किन उनले बेल्ट नै चुडाएका थिए। २ हजार ९२ भारतीय रुपैयाँ तिर्नेगरी एउटा निजी अस्पतालमा एमआरआइ गराउन उनी पुगेका थिए। चिकित्सकहरुले उनलाई परीक्षण गर्न भित्र हुलेको मेसिनमै छाडेका थिए।

एमआरआइ गराउँदा प्रस्ट रिपोर्ट नआएपछि तीन पटक सम्म उनलाई परीक्षणका लागि मेसिनभित्र पठाएका थिए। आखिरी पटक मेसिनभित्र पठाएपछि चिकित्सकहरु दिउँसोको खानाका लागि बाहिरिएको टाइम्सअफइन्डियाले जनाएको छ।

मेसिन भित्र पसेको ३० मिनेटपछि राममेहरले कसैले परीक्षण नगरिरहेको चाल पाए। त्यसपछि उनले अलार्म दबाए। अलार्म बजाउँदा पनि कुनै रेस्पोन्स भएन। त्यसपछि उनले हात गोडा नै चलाएर भित्र थुनिएको जनाउ दिए। त्यसपछि बेल्ट टुटाएर उनी बाहिरिएका थिए।

'म अरु ३० सेकेन्ड भित्र रहन परेको भए सायद बाँच्थिन्,' उनले भने। अस्पतालमाथि उनले लापर्वाहीको आरोप लगाए। अस्पतालको लापर्वाहीको विषयलाई लिएर उनले हरियाणाका स्वास्थ्य मन्त्री तथा प्रहरीकहाँ उजुरी गरे। प्रहरीले उजुरीपछि एमआरआइ गराउने कोठाको सीसीटीभी फुटेज हेरेको थियो। फुटेजमा उनले जे भनेका थिए त्यही देखियो।

एमआरआई मेसिनभित्र प्यानिक अट्याकको सम्भावना अधिक हुने चिकित्सकहरुको दावी छ। त्यसैले, व्यक्तिको एमआरआईमा लापर्वाही गर्ने अस्पतालकै अनुसन्धान हुने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell