PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

चेकिङ गर्दा प्रहरीसहित ट्रक लिएर भागेपछि गाँजा तस्कर पक्रन दुई राउन्ड गोली प्रहार



पहिलोपोस्ट

चेकिङ गर्दा प्रहरीसहित ट्रक लिएर भागेपछि गाँजा तस्कर पक्रन दुई राउन्ड गोली प्रहार

काठमाडौः प्रहरीले एक जना लागुऔषध गाँजा तस्करी गर्नेलाई नियन्त्रणमा लिन गोली नै प्रहार गर्नु परेको छ। पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नम्बर २९ बस्ने वर्ष ३५ को अफ्रिका चौधरीलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले चौधरीले चलाएको ना ६ ख १३१ नम्बरको ट्रकबाट लागुऔषध गाँजा ७८ किलो ८ ग्रामसमेत बरामद गरेको छ। मंगलवार राति करिब साढे १ बजे मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको कमान्डमा खटिएको टोलीले पथलैयातर्फ जाँदै गरेको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा प्रहरी जवान सञ्जीवकुमार दासले ट्रकभित्र क्याबिनको भागमा चेकजाँच गर्दा उक्त ट्रकका चालक अफ्रिका चौधरीले एक्कासी प्रहरी जवानसहित ट्रकलाई कुदाएर भागेका थिए।

त्यसपछि ट्रकलाई पछ्याउँदै ट्रक रोकी नियन्त्रण गर्ने क्रममा भाग्न खोजेपछि प्रहरी टोलीले घेरा हाली २ राउन्ड फायर गरेको प्रहरीले जनाएको छ। चौधरीको खुट्टामा गोली लागी घाइते भएकोमा हेटौंडा अस्पतालमा उनको उपचार भैरहेकोमा छ। त्यस्तै दुई जना प्रहरी कर्मचारीसमेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell