PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

स्ट्यान्डिङ क्रिकेट शृंखला: भारतले ३–० ले शृंखला जित्यो



पहिलोपोस्ट

स्ट्यान्डिङ क्रिकेट शृंखला: भारतले ३–० ले शृंखला जित्यो

काठमाडौं: अपाङ्गता भएकाहरुको स्ट्यान्डिङ क्रिकेट शृंखलाको उपाधि भारतले जितेको छ। मंगलबार भएको खेलमा घरेलु टोली नेपाललाई २८ रनले पराजित गर्दै भारतले तीन खेलको शृंखला ३–० ले जितेको हो।

मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर एक सय ५६ रन बनायो । भारतका इमरान मल्लिकले ५२ रनको अर्धशतकीय पारी खेले। नेपालका तबरेज अन्सारीले तीन विकेट हात पारे। पहिलो खेलमा भारतले ६१ रन र दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो।

एक सय ५७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा अलआउट हुँदै एक सय २७ रन बनायो। नेपालका छवि धोबीले ४१ तथा तबरेज अन्सारीले १६ रन बनाए।

प्रतियोगितामा भारतका इमरान मल्लिक म्यान अफ दी सिरिज र म्यान अफ दी दुवै घोषित भए। यस्तै बेस्ट ब्याट्सम्यान भारतीय कप्तान यादयुन्दर सिंह खेरा, बेस्ट बलर नेपालका तबरेज अन्सारी, बेस्ट विकेटकिपर भारतका तबरेज र बेस्ट फिल्डर नेपालका मनोज थापा घोषित भए।

विजेतालाई नेपाल ह्विलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम शेर्पा, सुशील कोइराला फाउन्डेसनका सदस्यसचिव अतुल कोइराला र नेपाल क्रिकेट संघका पूर्वउपाध्यक्ष् उपेन्द्र भट्टराईले पुरस्कार प्रदान गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell