PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

५५ वर्षमाथिको उमेर समूहमा कमल थापाको जित



पहिलोपोस्ट

५५ वर्षमाथिको उमेर समूहमा कमल थापाको जित

पोखरा- नेपाली उमेरसमूहका शीर्ष वरीयताका कमल थापाले नेपाली खेलाडी करिमुल्लाह मुस्लिमलाई सोझो सेटमा पराजित गर्दै जित शृंखला दाेहोर्याएका छन्। पोखरा रंगशालास्थित टेनिस कोर्टमा सोमबार ५५ वर्षमाथिको उमेरसमूहमा थापाले मुस्लिमलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गरे। 

पोखरेली भेट्रान खेलाडी अनिल तुलाचनले पनि व्यक्तिगत जित निकाल्ने क्रममा भारतीय खेलाडीलाई सोझो सेटमा पन्छाए। तुलाचनले सोही उमेरसमूहको प्रतिस्पर्धामा भारतीय खेलाडी एसएन वशिष्ठलाई ६–०, ६–० ले पराजित गरे। 

५५ वर्षमाथिकै अर्को प्रतिस्पर्धामा भारतीय खेलाडी सञ्जय कुमारले पोखरेली खेलाडी समीर तुलाचनलाई ६–१, ६–४ को सेटले पराजित गर्दै अगाडि बढे । शेरचनको यो दोस्रो हार हो। उत्तमकुमार शेर्पा व्यक्तिगत दोस्रो जित निकाल्ने क्रममा छाम्बा ढुन्डुपमाथि हाबी रहे। ढुन्डुपको चुनौती पन्छाउने क्रममा शेर्पाले ६–२, ६–१ को  नतिजा निकाले। 

३५ वर्षमाथिको उमेरसमूहमा केवल १० ले मात्रै प्रतिस्पर्धा गरेका छन्। ४५ वर्षमाथिको उमेरसमूहमा २२ जना भिडिरहेका छन्। ५५ वर्षमाथिको उमेरसमूहमा प्रतिस्पर्धा गर्ने २० जना छन्।

३५ वर्षमाथिको प्रतिस्पर्धामा ४५ वर्षमा २ र ५५ वर्षमाथिको उमेरसमूहमा ५ गरी १० भारतीय खेलाडीले प्रतिस्पर्धा गरिरहेको संयोजक बरालले बताइन्। फाइनल बुधबार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell