PahiloPost

Nov 20, 2024 | ५ मंसिर २०८१

उस्तादका रुपमा सम्मानित हुँदै उत्तम नेपाली



पहिलोपोस्ट

उस्तादका रुपमा सम्मानित हुँदै उत्तम नेपाली

रंगमार्फत आफ्नो आवाजलाई अनुवाद गर्न सक्षम कलाकार हुन्, उत्तम नेपाली। उनको रंगमा उत्सादी र चित्रात्मक संयोजनमार्फत भावना र अनुभूतिजन्य संयोजन झल्किने गर्छ।

उत्तमका पेन्टिङहरुले परम्परागत नेपाली कलाका केही दृष्टिकोणसहित आधुनिक कला प्रविधिको संश्लेषण गर्दछ। उनी वास पेन्टिङदेखि आलंकारिक र ड्रइङ (रेखाचित्र)देखि अमूर्तकलासम्मका भिन्नभिन्न विधामा अब्बल छन्। उनका केही सिर्जनाहरुले अभिव्यक्ति, अमूर्ततता र यथार्थवादी दृष्टिकोणको संयोजनका माध्यमबाट कवि र कविता तथा दृष्यकलाबीचको भावनात्मक निकटता अनुभूत गराउँछ।

उनै निपुण कलाकार नेपालीलाई ई–आर्टस् नेपालले कला उस्तादका रुपमा सम्मानित गर्दैछ। असोज १२ गतेदेखि १६ गतेसम्म नेपाल आर्ट काउन्सिलमा हुन लागेको हिमालयन आर्ट फेस्टिभलमा ई-आर्टस् नेपालले उनलाई सम्मान गर्न लागेको हो। फेस्टिभलमा नेपालीका पेन्टिङहरुसहित अन्य पेन्टिङ समेत प्रदर्शन गरिनेछन्।

सन् २०१७ देखि ई-आर्टस् नेपालको आयोजनामा हुँदै आएको हिमालन आर्ट फेस्टिभलमा नेपाली समकालीन कलाप्रति व्यापक, समावेशी र समग्रात्मक दृष्टिकोण प्रदर्शन गरिन्छ। फस्टिभलमा पेन्टिङ, पौभा, मूर्तिकला, फोटो, प्रिन्ट मेकिङ, सेरामिकसहितका विभिन्न शैलीका कलाका सयभन्दा बढी कलाकारका कार्यहरु प्रदर्शन गरिन्छ।

इ-आर्टस् नेपाल एक अनलाइन आर्ट ग्यालरी हो। नेपालको समकालिन कलालाई विश्व बजारमा प्रबर्द्धन गर्ने उद्देश्यसहित यो संस्था सन् २०१० मा स्थापना भएको हो। स्थानीय कलाकारहरु र उनीहरुका कलामार्फत सहकार्य गर्दै ई-आर्टस् नेपालले नेपाली संस्कृति र समाजबारे जनचेतना अभिवृद्धि गर्ने प्रयास गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell