PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

बालिका बलात्कारको कसुरमा १४ वर्ष कैद, एक लाख क्षतिपूर्ति भराउन आदेश



पहिलोपोस्ट

बालिका बलात्कारको कसुरमा १४ वर्ष कैद, एक लाख क्षतिपूर्ति भराउन आदेश

स्याङ्जाः जिल्ला अदालत स्याङ्जाले १३ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक कसुरदारलाई १४ वर्ष कैद सजायको आदेश गरेको छ। विरुवा गाउँपालिका -२ का खड्कबहादुर रानालाई बलात्कारको कसुरमा न्यायाधीश रमानाथ पौड्यालको इजलासले १४ वर्ष कैद सजायका साथै पीडित बालिकालाई रु एक लाख क्षतिपूर्तिसमेत भराउने आदेश गरेको श्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिए।

रानाले २०७५ भदौ २० गते बलात्कार गरेको भनी बालिकाका आफन्तले  जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा आरोपित रानालाई प्रहरीले सोही दिन गिरफ्तार गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell