PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

सिरि एः जितसँगै युभेन्टस शीर्ष स्थानमा



पहिलोपोस्ट

सिरि एः जितसँगै युभेन्टस शीर्ष स्थानमा

इटालियन सिरि ए मा युभेन्टस शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा ब्रेसियालाई २–१ गोलअन्तरले हराउँदै युभेन्टस तालिकाको शीर्ष स्थानमा पुगेको हो।

खेलमा डोनारुम्माको गोलसँगै ब्रेसियाले अग्रता लिएको थियो। तर, खेलको ४० औं मिनेटमा युभेन्टसले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याएका थियो। युभेन्टसका लागि जोन चान्सलरले गोल गरेका थिए। पहिलो हाफ बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा पेनामिकले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए। र, यो अग्रता नै युभेन्टसको जितका लागि निर्णायक गोल बन्यो।

युभेन्टस आफ्नो महत्वपूर्ण खेलाडी क्रिस्टियानो रोनाल्डो विनै उत्रिएको थियो। उनी चोटका कारण मैदान प्रवेश गरेनन्।

यो जितसँगै युभेन्टस तालिकाको शीर्ष स्थानमा पुगेको छ। युभेन्टसले ५ खेल खेल्दै ४ जित र १ बराबरी खेल्दै १३ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell