PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

चिनियाँ स्थापना दिवसमा नवजात पाण्डाको शुभकामना

चिनियाँ स्थापना दिवसमा नवजात पाण्डाको शुभकामना

विधुर ढकाल/पहिलोपोस्ट


सिचुवान : चीनको दक्षिण पश्चिम प्रान्त सिचुवान पाण्डाका लागि प्रसिद्ध ठाउँ। सिचुवानको राजधानी छेन्दुमा रहेको जाइन्ट पाण्डा ब्रिडिङ सेन्टरमा जन्मिएका सात बच्चालाई चीनको स्थापना दिवसको अवसरमा सार्वजनिक गरिएको छ।

यसै वर्ष जन्मिएका पाण्डाका सात बच्चालाई चीनको ७० औं वर्षगाँठको अवसर पारेर सार्वजनिक गरिएको हो। वर्षगाँठको शुभकामनासहित उनीहरुलाई ‘७०’ अंकको आकार दिएर सार्वजनिक गरिएको हो।

जनगणतन्त्र चीनको स्थापनाको ७० औं वार्षिकोत्सवको शुभकामना स्वरुप ७० अंकको आकार पारेर सार्वजनिक गरिएको अनुसन्धान केन्द्रका निर्देशक चाङ चिपिङले जानकारी दिएको सिन्ह्वाले जनाएको छ।

यही सेप्टेम्बर सम्ममा यहाँ ९ वटा जाइन्ट पाण्डा जन्मिएका छन्। यस वर्ष जन्मिएका सतप्रतिशत पाण्डा जिवित छन्।

यस वर्ष जन्मिएका पाण्डामा सबै भन्दा बढी तौल २०० ग्रामको थियो। त्यस्तै यसै वर्ष जन्मिने एक पाण्डाले विश्वकै सबै भन्दा कम तौलमा जन्म लिने पाण्डाको किर्तीमान कायम गरेको छ जुन जन्मदा ४२.८ ग्रामको थियो।

छेन्दुमा रहेको अनुसन्धान केन्द्र चीनमा सबै भन्दा बढी पुगिने स्थान मध्ये दोस्रो नम्बरमा रहेको छ। पहिलो नम्बर मा प्यालेस म्युजिम रहेको छ। गत वर्षको तथ्यांकमा २०१८ मा ७५ लाख पर्यटक यहाँ पुगेका थिए। यस वर्ष ९० लाख पर्यटक पुग्ने अनुमान केन्द्रले गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell